काठमाडौँ । पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका–७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई प्रहरीले पक्राउ गरेको छ । शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिबिर बस्ने ३८ वर्षीय झंकु राम डगौरालाई प्रहरीले पक्राउ गरेको छ । झंकु रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS