काठमाडौं । अमेरिकी विशेषदूत स्टिभ विटकफ र जारेड कुश्नर इरानसँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन् ।
पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उनीहरू वार्ताका लागि त्यहाँ पुगेको जनाएको छ । अमेरिकी टोलीमा उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ भने इरानतर्फबाट पनि शीर्ष अधिकारीहरू वार्तामा सहभागी हुने जनाइएको छ ।
दुवै पक्षबीचको वार्ता सफल भएमा जारी तनाव कम हुने आशा गरिएको छ । यस वार्तालाई अमेरिका र इरानबीच जारी तनाव कम गर्ने महत्त्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।
यसैबीच, वार्तालाई लिएर दुवै पक्षबीच अविश्वास कायम रहेकाले परिणामबारे अनिश्चितता भने अझै बाँकी रहेको विश्लेषकहरूले बताएका छन् ।