काठमाडौँ– भुटानले पठाएको तीन लाख डोज कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ।त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानको थिम्पुबाट खोप लिएर आएको विमान शुक्रबार बिहान आइपुगेको हो।
भुटानबाट आएको ३ लाख डोज एस्ट्राजेनेका खोप प्राथामिकताका आधारमा पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई दिइने छ।कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख ज्येष्ठ नागरिकले पहिलो डोज लगाएको ५ महिना पुग्दासम्म पनि दोस्रो डोज लगाउन पाएका छैनन्।
भुटानबाट आएको यो खोप कोभिसिल्डको पहिलो डोज लगाएका समूहलाई लगाइने बताइएको छ। एस्ट्राजेनेका र कोभिसिल्ड दुवै एउटै प्रकृतिका खाेप हुन्।
FACEBOOK COMMENTS