बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजात आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्बजनिक गरेका थिए ।
प्रहरीका अनुसार भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ ।

FACEBOOK COMMENTS