काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित जंगलमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गर्ने पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेञ्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् । उनीहरूलाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मादक पदार्थ र गाँजा सेवन गरी ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको पाइएको छ । मृतक बालिका असार १० गते रातिदेखि हराएकी थिइन् । भोलिपल्ट बिहान साढे ९ बजे उनको शव जंगलको खोल्सामा फेला परेको थियो ।
FACEBOOK COMMENTS