काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले सन्डरल्याण्डमाथि सहज जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा आर्सनलले सन्डरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितमा भिक्टर ग्योकेरेसले दुई गोल गरेका थिए भने मार्टिन जुबिमेन्डिले एक गोल गरेका थिए ।
यो जितपछि शिर्ष स्थानमा रहेको आर्सनलको २५ खेलमा ५६ अंक भएको छ । त्यस्तै सन्डरल्याण्डको २५ खेलमा ३६ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS