काठमाडौँ । आर्सनल जारी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा स्पोर्टिंग सिपिसँग गोल रहित बराबरीमा रोकिएसँगै समग्रमा १-० को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो ।
यसअघि पहिलो लिगमा आर्सनल १-० ले विजयी भएको थियो ।
अब आर्सनल सेमिफाइनलमा एटलेटिको म्याड्रिडसँग खेल्ने छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २९ मा हुने छ भने दोस्रो लिग मे ५ मा हुने छ ।