काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले जेठ ६ गते शनिबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा कार्यशाला गर्न लागेको हो ।
कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्नेछन् । इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ आयोजना गरिने यो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न सक्ने आयोजकको दाबी छ ।
‘बालबालिकाहरूलाई आफूलाई अभिव्यक्त गर्न र आफ्नो सिर्जनात्मक क्षमता पत्ता लगाउन सक्ने सकारात्मक र पालनपोषण गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौं,’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन्।
कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ । कोरोना महामारीकै बेला सुरू गरिएको नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रुप हो।
यसले कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने लक्ष्य राखेको आयोजको भनाइ छ।
कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गर्नेछ जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँड्नेछन् ।
नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वर्ल्डलिंक, बुढानिलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको छ ।
FACEBOOK COMMENTS