काठमाडौं । अर्थ मन्त्रालयले आफू मातहत १५ वटा निकायमा प्रमुख नियुक्ति गर्न आवश्यक मापदण्ड संशोधन गरेको छ ।
‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको छ । जसमा उमेर हद हटाइएको छ । यसअघि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद रहेकोमा अहिले यो व्यवस्था हटाइएको छ ।
राष्ट्र बैंकमा नयाँ गभर्नरको अन्तिम चरणमा रहेको समयमा यस्तो व्यवस्था गरेको हो । मापदण्डको दफा ३ मा नियुक्तिका लागि योग्यता सम्बन्धि व्यवस्था गरेको छ । पहिलेको मापदण्डमा दफा तीनमा नियुक्तिको योग्यतामा (क), (ख), (ग) राखिएको थियो । अहिले सो मापदण्डको (ग) हटाइएको छ ।
FACEBOOK COMMENTS