काठमाडौं । आन्दोरनरत शेयर लगानीकर्ताहरुले विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएर अर्थ मन्त्रालय पुगेका छन् । शुक्रबारदेखि नै लगातार आन्दोलनमा रहेका उनीहरु विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएर अर्थ मन्त्रालय पुगेका हुन् ।
आन्दोलनमा सहभागी एक लगानीकर्ताका अनुसार वार्ताका लागि अर्थ मन्त्रालय पुगेका हुन् । करको विषयमा अर्थमन्त्री प्रकाश शरण महतसंग छलफल हुने भएको छ । अर्थमन्त्रीले वार्ताको लागि समय नदिए मन्त्रालय घेराउ गर्ने उनीहरुको चेतावनी छ ।
गत शुक्रवारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आज सबै सिष्टम बन्द गर्न चेतावनी दिएका हुन् । लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० र ब्रोकरहरूलाई ज्ञापनपत्र बुझाएर आग्रह गरेका थिए ।
धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विद्येयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित बनेका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर मात्र तिर्दै आएका छन् ।
व्यक्तिगत लगानीकर्तामा पनि अल्पकालिन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ । भारित औषत लागतका आधारमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्दै आएका हुन् । लगानीकर्ताहरूले राज्यलाई दोहोरो करको मारमा नपार्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS