काठमाडौँ । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।
उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
उनले भने, ‘जुनबेला साँच्चिकै डेडिकेटेड लाइन भनेर विशेष अवसर लोडसेडिङ हुँदा दिएको थियो । त्यो के हो, त्यसको निक्र्यौल गरेर मात्रै यसलाई साँच्चिकै तिर्नुपर्ने कति हो की होइन रु र अहिले सिमेन्ट लगायत विभिन्न उद्योगमा अलिकति दबाब भइरहेको अवस्थामा हामीले यसलाई विचार पुर्याएर काम गर्नुपर्छ । यो विद्युत् प्राधिकरणको क्षेत्राधिकार हो ।
तैपनि समग्रतामा अहिले समस्या नै भएको बेलामा, अलिकति सहज भइसकेपछि उनीहरूलाई धेरै दबाब पर्दैन । त्यो विषयमा विद्युत् प्राधिकरणले सोच्दा राम्रो हुन्छ । पछिल्लो निर्णय के आधारमा पुग्यो रु त्यो मलाई जानकारी भएन । तर मलाई लाग्छ, साँच्चिकै दायित्व अब तिर्नुपर्ने जुन नियमका आधारमा छ भने त्यही हिसाबले हेर्ने हो तर समय यतिन्जेल हामी पर्खिसक्यौँ भने अलिकति अनुकूल समयमा त्यो पनि यथार्थ निक्र्यौलका आधारमा दिनैपर्ने दायित्व पूरा गर्नुपर्छ ।
तर कति के हो निक्र्यौल गरेर समय पनि अलिकति उनीहरूलाई पनि आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्नुपर्दथ्यो जस्तो लाग्छ, त्यसमा फेरि पनि पुन:विचार होला । कानून, व्यवस्थाअनुसार तिर्नुपर्ने कुरा त तिर्नुपर्दैन भन्ने हुँदैन । तर कुन बेला सरकारले राहत दिने,अप्ठ्यारो बेलामा सरकारले राहत दिनुपर्छ ।’
FACEBOOK COMMENTS