काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले आज (मंगलबार) दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको छ । यस्तै आयात ५ दशमलव १ प्रतिशतले, निर्यात ७ दशमलव ८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४ दशमलव ७ प्रतिशतले घटेको छ ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२।१ प्रतिशतले र अमेरिकी डलरमा १७ दशमलव ७ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडलेबचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति १,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु।१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु।१४१ अर्ब ८ करोड रहेको छ ।
यस्तै विस्तृत मुद्राप्रदाय ० दशमलव ५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव ० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Month-data-of-2080.81- (1)
FACEBOOK COMMENTS