काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १० प्रतिशत बोनस शेयर धनीलाई नदी हकप्रद सेयर निष्कासन गर्दै छ ।
कम्पनीले असोज ४ गते १० प्रतिशत बोनस र ०.५२६३ नगद सहित लाभांश निष्कासन गरे पनि सेयर धनीहरूको खातामा अहिले सम्म बोनस सेयर आएको छैन ।
अरुण काबेली पावर लिमिटेडका सचिव थानेश्वर भट्टराईका अनुसार १० प्रतिशत बोनस २६ र २७ सम्ममा आउने बताउँछन् ।
उनले भने, ‘११ औं वार्षिक साधारण सभा बाट हामीले बोनस थप गरी हकप्रद सेयर निकाल्ने गरी काम गरेका थियौँ त्यहाँबाट लिस्टीङ गरेर धितो पत्र बोडमा दर्ता गर्न गएका थियौँ । त्यहाँ प्रक्रिया गर्ने समय लाग्यो र विद्युत् नियमन आयोगमा पनि समय लाग्यो । त्यसले गर्दा हामीले सेयर धनीलाई बोनस दिन नपाएका हौँ । हामीले बोनस लिस्टीङ गरेका छौँ ।’
उनले थपे, ‘ कात्तिकमा बुककोलोज गर्नु भन्दा अघिकोले किन्ने जतिले बोनस पाउँछन् । त्यो बोनसमा राइट सेयर थपिन्न । किन्नेले बोनस पाए राइट पाएनन् । राइटको पछाडि बोनस थपिन्छ । तर सेयर धनीहरू भने कम्पनीको यस्तो नीतिले सिधै मारमा पर्ने छन् ।’
कम्पनीले बोनस लाभांश घोषण गरेर मूल्य समेत समायोजन गरी सकेको अवस्थामा कुल हुन आउने सेयरको राइट पाउन पर्ने अधिकार रहन्छ । तर कम्पनीको बेथितिको सिकार सेयर धनी बन्ने देखिन्छ ।
FACEBOOK COMMENTS