काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई एक कार्यक्रमका बीच औपचारिक विदाई गरिएको छ।
विहिबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालको विदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले असामान्य राजनीतिक अवस्थाबीच गृहमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै यस अवधिमा शान्ति सुरक्षा सामान्य बनाउने, सुशासन सुदृढ गर्ने र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने मुख्य चुनौती सामना गर्नुपरेको बताए ।
उनले जनआन्दोलनपछि ध्वस्त संरचनाको व्यवस्थापन, हिंसा नियन्त्रण र कानुनी राज्यको स्थापना प्राथमिकतामा राखिएको बताउदै यस क्रममा सुरक्षाकर्मीको मनोबल बढाउँदै देशको सुरक्षा अवस्था सुधार गर्न पहल गरिएको उनले बताए ।

त्यस्तै आवश्यक सुरक्षा तयारी र प्रशासनिक समन्वयमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गरिएको दाबी गर्दै उनले यसले लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्काएको उल्लेख गरे ।

आफ्नो कार्यकालमा भएका मुख्य कामहरू अभिलेखका रूपमा मन्त्रालयमा हस्तान्तरण गरिएको जानकारी दिँदै उनले अब नवनिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पिएको घोषणा गरेका छन् ।

FACEBOOK COMMENTS