काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिवत् रूपमा कुमारी घर प्रवेश गराइएको छ। मंगलबार उनलाई विधिवत् रूपमा आसन ग्रहण गराइयो।
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा कुमारीघरमा आसन ग्रहण गराइएको थियो।
विशेष बाजागाजासहित तलेजु भवानीको दर्शन गरी कुमारी घर भित्र्याइयो। कुमारीलाई जीवित देवीका रूपमा पूजाआजा गरिन्छ।
तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि
आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।
कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।
नयाँ कुमारीलाई आसनग्रहण गराएसँगै पुरानो कुमारी तृष्णा शाक्यलाई विधिवत् रूपमा विदाई गरिएको छ।
FACEBOOK COMMENTS