काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज आइतबार थाइल्याण्ड जाँदै छिन् ।
भोलि सोमबारदेखि थाइल्याण्डको राजधानी बैङ्ककमा आयोजना हुने पाँच दिवसीय संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेशन्स इकोनोमिक एण्ड सोसल कमिशन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।
नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । उक्त सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ ।
सो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
मन्त्री राणा नेतृत्वको टोली वैशाख १२ गते स्वदेश फर्कने छ ।
FACEBOOK COMMENTS