काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदै छिन् । शनिबारदेखि जुलाई ४ सम्म हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ सम्मेलनमा सहभागी हुन मन्त्री डा. राणा आज त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री डा. राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीहरू छन् ।
सम्मेलनपछि परराष्ट्रमन्त्री डा. राणाले इटलीको मिलान र जर्मनीको ह्याम्बर्ग र बर्लिनमा नेपालको लगानी बोर्डद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS