काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उनका भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।
भेटमा नेपाल-भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको छ ।
मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
मन्त्री राणा चारदिने भ्रमणका लागि आइतबार दिल्ली पुगेकी हुन् ।
राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS