३१ असोज, काठमाडौं । दशैंको विदा सकिएसँगै सडकमा चहलपहल बढेको छ ।पाँच दिन बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् ।
दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम बढ्न थालेको छ ।
काठमाडौं भित्रिने प्रमुख नाका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका स्थानहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ ।
सडकहरुमा गुड्ने गाडीको संख्या पनि बाक्लिंदै गएको भएतापनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम भने चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।
FACEBOOK COMMENTS