काठमाडौँ । कपिलवस्तु– १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता लिएका छन् ।
पछिल्लो मत गणनाको अपडेट अनुसार स्वतन्त्र उम्मेदवार शर्माले १० हजार ६६९ मत प्राप्त गरेर अग्रता बनाएका हुन् ।
यसअघि अग्रता बनाएका रास्वपाका मोहन आचार्य अहिले ४७६ मतले पछाडी रहेका छन् । आचार्यले १० हजार १९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले ९ हजार ६६१ मत प्राप्त गरेका छन् भने राप्रपाका शत्रुघन विलास सिंह कुर्मीले १३८४ र एमालेका विश्राम चौधरीले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका कृष्ण कुँवरले १०८८ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS