काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) टुक्रिएको छ । संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा जाने भएका छन् ।
उपाध्यक्षहरू रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा.पुष्पराज कर्णिकार, केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर रजुले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरिएको जानकारी दिएका हुन् ।