काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।
रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् । थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए ।
FACEBOOK COMMENTS