काठमाडौ । प्रभु बैंकका सीईओ शेरचनले कोटेश्वरस्थित भाटभटेनी स्टोरमा शुक्रबार लुटपाट गर्नेलाई माफ दिन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् मीन बहादुर दाइ एउटा अनुरोध,
‘शुक्रबारको दिन यहाँको कोटेश्वर स्थित स्टोरमा भएको कार्यमा संलग्नहरुको अनुहार देख्दा निकै टिठलाग्दा र मजबुर देखिए । तोडफोडमा जोडिएका बाहेक अन्य साना साना चिजबिज लग्नेहरु लाई माफ दिई महानता देखाईदिनुहोस । तिन्का परिवारहरु बोझ थेग्न सक्ने खालका देखिदैनन । ईदको सन्दर्भमा अनुरोध गरे, आफ्नै नेपाली दाजुभाई दिदिबहिनीहरु हुन बिचरा । परिस्थिती पनि त सजिलो छैन आम मानिसहरु लाई । दिनुभएकै छ सबैलाई । बरू सबैलाई मिल्छ भने काम पनि दिनुस ।’
FACEBOOK COMMENTS