काठमाडौं। एसिया कप २७ अगस्ट २०२२ देखी हुनेछ।
यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन् । एसिया कप २७ अगस्टबाट सुरु हुँदैछ। समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र कुवेत, हङकङ, सिंगापुर र युएइमध्ये छनोटबाट आउने एक टोली रहेका छन् ।
प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ। टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्।
सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ। प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच २७ अगस्टमा प्रतिस्पर्धा हुनेछ। रोहित शर्माको कप्तानीमा भारत आठौंपटक एसिया कपको उपाधि जित्न चाहन्छ।
FACEBOOK COMMENTS