काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ ।
शनिबार मलेसियामा भएको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।
उपाधि जितेसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट भएको छ ।
खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रन बनाउँदा अल आउट भयो । नेपाल ४४ रनले विजयी भयो ।