काठमाडौं । एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा सहभागी हुन नेपालअटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव महेश अधिकारी जापान प्रस्थान गरेका छन् ।
संघका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलमा उहाँलाई बिदाइ गर्नुभयो।अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन दुईको आयोजनामा हुन लागेको उक्तफोरममा दुई महादेशका अटोमोबाइल क्षेत्रका व्यवसायी, विज्ञ तथा प्रोफेसनल गरी करिब तीन दर्जन प्रतिनिधिको सहभागिता रहनेछ ।
फोरममा विश्व अटोमोबाइल क्षेत्रका नवीनतम प्रगति र परिवर्तन, संघहरूको व्यवस्थित रव्यावसायिक कार्ययोजना, मर्चेन्डाइज तथा व्यवसायिक साझेदारी, प्लान एण्ड प्रायोरिटी सेटिब,आइडियाज एण्ड बिजनेस प्लानिब, एकेडेमिक तथा स्किल एड्भान्समेन्ट र अन्तर्राष्ट्रिय अनुभव सेरिङ्ग आदिबारे विस्तृत छलफल हुनेछ ।
कार्यक्रममा एफआईएका सिनेट चेयर कार्मेलो सान्ज दे बारोस, एफआईए र रिजन–२ का उच्चअधिकारी तथा अष्ट्रेलिया र जापानका विज्ञहरूले समेत आफ्ना विषयगत प्रस्तुति दिनेछन्।फोरमका सहभागी प्रतिनिधिहरूले जापान अटोमोबाइल फेडेरेसन (जाफ) नजिकै रहेको टोकियो ट्राफिक कन्ट्रोल सेन्टर र टोकियो इमर्जेन्सी रोडसाइड असिस्टेन्स बेस भ्रमण गरि अध्ययन गर्नेछन् ।
जापान अटोमोबाइल फेडेरेसन सम्पुर्ण जापानकोअटोमोवाइल/ट्रन्र्पोस व्यवस्थापन र रोडसाइडसर्भिसकोआधिकारिक संस्था हो, जसले नेपाली लाइसेन्सको जापानमा अस्थायी प्रमाणीकरण समेतगर्ने गर्दछ ।

मोटरिब एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीलेभोलिदेखि तीन दिन चल्ने उक्तकार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिपतथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् ।

FACEBOOK COMMENTS