काठमाडौँ– एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र इन्सुरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS