काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गतको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।
बुधबार भुटानमा सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरीमा रोकिएका हुन् । दुवै गोल खेलको पहिलो हाफमा भएका थिए । नेपालले खेलको १०औं मिनेटमा सेनु परियारको गोलमा अग्रता लिएपनि भुटानले १८औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।
अब नेपालले अर्को खेल शुक्रबार साउदी अरेबियासँग खेल्ने तालिका छ भने भुटानले पनि शुक्रबार उत्तर कोरियासँग खेल्ने तालिका छ ।
त्यस्तै नेपाल रहेको समुह ए अन्तर्गतकै आज सम्पन्न पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले पराजित गरेको थियो ।
आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।
FACEBOOK COMMENTS