काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ । सोमबारसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद सहित ८.१६ प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । कम्पनीले बोनस सेयर दिएपछि कायम हुने पुँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।
FACEBOOK COMMENTS