काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आफ्नो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गरिएको रेटिङमा स्तरोन्नति गरेको छ ।
कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘आईआरएन ए माइनस (इस्युअर रेटिङ)’ बाट ‘आईआरएन ए ( इस्युअर रेटिङ)’ रेटिङ मा स्तरोन्नति गरेको हो ।
इन्फोमेरिक्स नेपालले असार २३ गते जारी गरेको पत्रअनुसार यस्तो रेटिङ प्राप्त कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त प्रत्याभूति गरेको हुन्छ । अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगतिका कारण यस कम्पनीको इस्युअर रेटिङ सुधार भएको हो ।
इन्फोमेरिक्स नेपालले यसअघि ‘आईआरएन ए माइनस (इस्युअर रेटिङ)’ रेटिङ प्रदान गरेकोमा वित्तीय अवस्थाको पुनः मूल्याङ्कनसँगै इस्युअर रेटिङमा स्तरोन्नति गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०८१ मा एसियन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानी १५ प्रतिशत, खुद बीमाशुल्क आम्दानी १४ प्रतिशत, नेटवर्थ १४ प्रतिशत, सञ्चालन मुनाफा १३ प्रतिशत करपछिको मुनाफामा १८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ को तस्रो त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन २५ प्रतिशतले उल्लेख वृद्धि भएको छ ।
यस कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनका लागि १:०.४२ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको २०८२ असार ३० गते हुने १७औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनीलाई ५.१० प्रतिशत बोनस शेयरसहित ५.३६८४ प्रतिशतका दरले लाभांश वितरणको प्रस्तावसमेत गरिएको छ ।
FACEBOOK COMMENTS