काठमाडौं । एशियन पेन्ट्स नेपाल (Asian Paints Nepal) ले ‘कलर नेक्स्ट २०२३’ बुधवार सम्पन्न गरेको छ । कार्यक्रममा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) लगायत संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।
कम्पनीले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ । कार्यक्रमले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश गर्न योगदान पुर्याउँदै आएको कम्पनीको भनाइ छ ।
कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमार, क्षेत्रीय प्रमुख सिरीश राव र नेपाल प्रमुख जी गोपालकृष्णन लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
FACEBOOK COMMENTS