काठमाडौं । नेपाल ब्युटिसियन एसोसियसन अफ नेपालले मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार ब्युटिसियन एसोसियसन अफ नेपालको निर्वतमान अध्यक्ष भगवती खड्का र वर्तमान महासचिव शसि शाहको नेतृत्वमा गृहमन्त्री, उद्योगमन्त्री र सभामुखलाई भेटर ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले नेपाल व्युटिसियन संघले नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत बन्दना कर्णले फेसीयल हाउसकी संचालक सुष्मा महरालाई फसाउने नियतले प्रहरीलाई दवाब दिदै आएको भन्दै मन्त्रीहरुलाई अनुसन्धान गर्ने ज्ञापन पत्र बुझाएको हो ।
व्युटिसियन संघले मन्त्रीहरुले अनुसन्धान र कारबाही नगरे देशब्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।