काठमाडौं, भदौ २३ । इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। धेरै जना घाइते भएका छन्।
बीबीसीका अनुसार ट्याङरेङ जेलमा बुधबार बिहान आगलागी भएको हो। जहाँ धेरैजसो कैदी थिए। जलेको ब्लक सीमा आगो लागेको हो, जहाँ १२२ जना थिए, यसको क्षमता भने ४० जनाको मात्रै हो। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। जेलका प्रवक्ताले यस घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
FACEBOOK COMMENTS