काठमाडौं । सर्वोच्च अदालत परिसरमा भएको दिनदिनैको किचलो र घम्साघम्सीमा आँखाले नदेखिने तर कानले सुनिने तल्लो स्तरको प्रदर्शन भईरहेको छ ।
न्यायालयभित्रै कानून व्यवासयीहरुबाट प्रदर्शनका नाममा सुन्नै नसकिने असभ्य, तुच्छ, गालि गलौज र अश्लिल शव्द प्रयोग हुन थालेको छ । सस्तो शब्द बोलेर लोकप्रियता कमाउन सकिन्छ त ? के कानुनका किताबमा यी शब्दलाई प्रयोग गर्न र जतापनि बोल्न पाईने अनुमति दिएको छ त? बिहिबार शान्तीपूर्ण आन्दोलन भन्दै अदालतको झ्याल ढोका तोडफोड गरेर अशान्त ढंगले प्रदर्शन गरेपछि प्रहरीहरुलाई न्यायालयभित्रको हुलदंगा नियन्त्रण गर्न बल प्रयोग गर्नु परेको थियो । उता सर्वोच्च स्रोतका अनुसार भने उनिहरुलाई रोक्न प्रहरीलाई संयमित ढंगबाटै परिचालन गरेको प्रतिक्रिया दिएको छ ।
प्रधानन्यायाधीस राणाले पनि हिजो भएको घटना प्रति दुख व्यक्त गरेका छन् । हरेक समस्याको समाधान शान्तिपूर्ण र विधिवत ढंगवाट गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानन्यायाधीशले मुख्य रजिष्टार लाल बवादुर कुँवरलाइ आफ्नो कार्यकक्षमा वोलाएर निर्देशन दिदै बारको आन्दोलनमा कुनै पनि खाले प्रहरी हस्तक्षेप हुन नदिन र उनीहरुको वैयक्तिक स्वतन्त्रता प्रकट गर्नदिन सुझाव समेत दिएका छन् । त्यसैगरि घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित सहमतीमा आउन पनि प्रधानन्यायाधिशले आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS