काठमाडौं । इलेक्ट्रिक स्कुटर एथर रिज्टा नयाँ टेराकोटा रङमा नेपाल आइपुगेको छ ।
एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इनर्जीले एथरको रिज्टा स्कुटर थप नयाँ कलर अप्सनमा नेपाल ल्याएको हो ।
फ्यामिली सेग्मेन्टमा रहेको रिज्टा स्कुटरलाई लक्ष्मी पूजाको अवसर पारेर गत सोमबार सार्वजनिक गरिएको हो ।
नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुवै भर्सनमा उपलब्ध हुने बताइएको छ । यससँगै एथर रिज्टा अब ९ फरक फरक रङहरूमा उपलब्ध हुनेछ । जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS