काठमाडौं । विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला एथर इनर्जि नेपालले आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा मेगा गिभअवे अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानअन्तर्गत प्रदर्शनीमा सहभागीमध्ये एक भाग्यशाली विजेताले ब्रान्ड–न्यु एथर स्कुटर जित्ने अवसर पाउनेछन् । एथर नेपालले गत वर्ष पनि यस्तै अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियानमा सालिकराम कँडेलले एथर रिज्टा स्कुटर जितेका थिए । गत वर्षको अभियानमा सहभागीबाट उत्साहजनक प्रतिक्रिया पाएपछि कम्पनीले यस वर्ष पनि सामाजिक सञ्जालमार्फत गिभअवे कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन एथर इनर्जि नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ । त्यसपछि नाइमा मोबिलिटी एक्सपो २०२६ को हल सी, स्टल सी२ मा रहेको एथर स्टलमा पुगेर एथर स्कुटरसँग फोटो खिच्नुपर्नेछ ।
फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरी २एथरइनर्जीनेपाललाई ट्याग गर्नुपर्नेछ भने पोस्टमा आफ्ना दुई जना साथीलाई समेत ट्याग गर्नुपर्ने कम्पनीले जनाएको छ । यी चारवटै प्रक्रिया पूरा गर्ने सहभागी लक्की ड्रमा स्वत: समावेश हुनेछन् ।
कम्पनीका अनुसार एथरको स्टलमा विद्युतीय सवारीका नवीनतम प्रविधि, स्मार्ट फिचर तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानबारे प्रत्यक्ष अनुभव लिन सकिनेछ ।
विभिन्न अन्तरक्रियात्मक डेमो तथा गतिविधिमार्फत एथरका उत्पादनबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ । नाइमा मोबिलिटी एक्सपो यही अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।