काठमाडौँ । प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका छन् ।
प्रदेश नं १ आईटीएफ तेक्वान्दो सङ्घको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा शुक्रबार उनले तेक्वान्दो सहभागी हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदकलगायत अन्य पदक जित्ने विश्वास व्यक्त गरे। सदस्य सचिव वाग्लेले भाइ भतिजा नभनी निष्पक्षरूपमा खेलाडी छनोट गरेमा खेलकुदको विकास हुने धारणा राखे ।
तेक्वान्दो सङ्घका प्रदेश अध्यक्ष प्रवीण कार्की, खेलकुद विकास बोर्डका सदस्य शैलेश विष्ट र विराटनगर–४ का वडाअध्यक्ष जितन थापाले एक घर एक खेलाडी उत्पादन अभियानले खेलकुद क्षेत्रको विकास हुने विचार राखे। अधिवेशनमा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो ।