संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण
कर्पोरट खबर
2:20 pm, सोमबार, असार १०, २०८१
काठमाडौं । सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरे । उनले किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गरे ।
सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उनले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गरे । सांसद कोइरालाले गैरकानुनीन रुपमा कामदारका रुपमा इराक पुर्याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराए ।
FACEBOOK COMMENTS