काठमाडौँ – राष्ट्रिय उपभोक्ता मञ्च नेपालले दशैं तिहारलाई लक्षित गरि चिनी आपूर्ति सहज गराउन प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको छ ।
मञ्चका अनुसार चिनिको आपूर्ति व्यवस्थापन अझै सहज हुन नसपछि प्रधानमन्त्रिलाई ध्यानाकर्षण गराएको हो । अर्थमन्त्रालयका पदाधिकारीले चिनी व्यवसायीको दबाबमा उपभोक्ता हित विपरित काम गरेको भन्दै उनीहरुलाई कारवाहि गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री शेर बहादुर देउवासँग माग गरेको छ ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको पत्रमा अर्थमन्त्रालयका जिम्मेवार उच्च पदस्थ पदाधिकारीहरुले बजारमा प्रतिकिलो ७२ रुपैयाँमा चिनी विक्री भइरहेको झुठो दावी गरेको बताइएको छ । निजी क्षेत्रबाट पर्याप्त चिनी आयात भएको भन्दै झु्ठो प्रचार गरि चिनी व्यापारीको मनोमानीलाई ढाकछोप गरिरहेको समेत मञ्चको आरोप छ । मञ्चले दशैं तिहारलाई लक्षित गरि चिनी आपूर्ति सहज गराउन समेत प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको हो ।
मञ्चका अनुसार चिनिको आपूर्ति व्यवस्थापन अझै सहज हुन सकेको छैन । सरकारले ७२ रुपेैयाँमा चिनी विक्री भइरहेको भनिए पनि अहिले बजार अनुगमन गर्दा व्यापारीले प्रतिकिलो चिनीको मूल्य रु १ सय रुपैयाँसम्म असुल गरिरहेको पाइएको पत्रमा उल्लेख छ । अर्थमन्त्रालयलका पदाधिकारहिरुले सरकारलाई गुमराहमा राखी आपूर्ति व्यवस्था असहज बनाउन नियतबस काम गरिरहेको समेत मञ्चको आरोप छ । अहिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग ३ सय मेट्रिक टन, निजी क्षेत्रसँग ६५०० मेट्रिक टन चिनी मौज्दात रहेको पनि मञ्चले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको पत्रमा उल्लेख गरेको छ । चाडपर्वका बेलामा बजारमा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ ।
FACEBOOK COMMENTS