काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ ।
संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सी स्रोतले जानकारी दियो ।
महान्यायाधिवक्ता भएपछि भण्डारीले पदमा रहँदासम्म सदस्यता स्थगनका लागि निवेदन पनि दिएकी थिइन् । तर, भण्डारी विवादमा तानिएपछि ट्रान्परेन्सीले उनलाई राजीनामा दिन आग्रह गरेको थियो ।
तर, विवादित भएर पनि पदमै बसेपछि उनको सदस्यता स्थगन नभएर निलम्बन गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलका सीईओ आशिष थापाले जानकारी दिए ।
उनीविरुद्ध सर्वोच्चमा मुद्दासमेतत रहेको हुँदा सदस्यता निलम्बन गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS