काठमाडौं । रिडी पावर कम्पनीले ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
कम्पनीले चैत २९ गतेदेखि सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको जनाएको हो । लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने जनाएको छ । यसमा न्यूनतम १०० देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिनेछ ।
आवेदन वैशाख ९ गतेसम्म दिन सकिने छ । कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लिलामी सेयरमा आवेदन दिन मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS