काठमाडौं । लिबर्टी ईनजी कम्पनीको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी हुने भएको छ । हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी मार्फत बिक्री गर्न लागिको हो ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले माघ २ गतेदेखि ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश स् जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
FACEBOOK COMMENTS