काठमाडौं । ङादी ग्रुप पावरले आजदेखि सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्रीका लागि निष्कासन गरेको छ ।
उक्त सेयरमा आवेदन दिन चाहनेले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनु पर्ने छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन फागुन २८ गतेसम्म दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।
कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त समयमा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो ।
यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । आवेदन बिक्री प्रबन्धकमा साथै सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखा, सिद्धार्थ बैंकको नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS