काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामी खुला गरेको छ ।
कम्पनीले आजदेखि उक्त सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने छ ।
न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन वैशाख २४ गतेसम्म दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले गरेको छ ।
FACEBOOK COMMENTS