काठमाडौं । अस्ट्रेलियाले आयरल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलम्बोमा जारी टी–२० विश्वकप अन्तर्गत समुह बीको खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ४५ रन बनाए भने जोस इंगलिस र माट रेनशाले ३७–३७ रनको योगदान दिएका थिए ।
त्यस्तै क्यामरुन ग्रीनले २१ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्डका बलर मार्क अडैरले २ विकेट लिएका थिए ।
FACEBOOK COMMENTS