काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको पहिलो दिन अष्ट्रेलियाको नियन्त्रणमा रहेको छ ।
पहिलो इनिङमा २१२ रनमा अलआउट भएको अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि दबाब बढाउँदै महत्त्वपूर्ण ४ विकेट लिएको छ ।
पहिलो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ४ विकेट गुमाउँदै केवल ४३ रन बनाएको छ । दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । एडन माक्र्रम शून्यमा आउट भए भने विआन मुल्डरले ६, ट्रिस्टान स्ट्रबले २ रन बनाएर आउट भए । कप्तान टेम्बा बभुमा ३७ बलमा ३ रन बनाएर क्रिजमा छन् भने डेभिड बेडिङ्घम ८ रन बनाएर खेलिरहेका छन् ।
त्यस्तै, अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने जोस हजेलवूड र कप्तान पाट कमिन्सले एक–एक विकेट लिए ।
यसअघि टेस्टको पहिलो दिन अष्ट्रेलियाले टस हारेर पहिला ब्याटिङ गर्दै ५६.४ ओभर खेलेर २१२ रन बनाउँदा अलआउट भएको थियो ।
अष्ट्रेलियाका लागि ब्यु वेबस्टरले सर्बाधिक ७२ रन बनाए भने स्टिभ स्मिथले ६६ रन बनाएका थिए । त्यसैगरी, दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्वाधिक ५ विकेट लिए भने मार्को जानसेनले ३ तथा केशव महाराज र एडन माक्र्रमले एक–एक विकेट लिए ।
FACEBOOK COMMENTS