काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन् ।
यस अघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बारेमा कुरा गरेका छन् ।
अल्बानीजले प्यालेस्टाइन प्राधिकरण (पीए) ले अष्ट्रेलियासँग केही वाचा गरेको छ, जसमा सेना र हतियार घटाउने, आम चुनाव गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने समावेश रहेको बताएका छन् ।
उनले सोमबार भने– ’दुई देशलाई मान्यता दिनु भनेको मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको सबैभन्दा राम्रो आशा मध्ये एक समाधान हो ।
यसैबीच, गाजामा युद्धविरामको लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु ’आतंकवादलाई पुरस्कृत गर्नु’ जस्तै भएको बताएको छ ।
FACEBOOK COMMENTS