काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटसम्यान क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने निश्चित भएको छ ।
सुदुरपश्चिम रोयल्सले लिनसँग सम्झौता भएको शुक्रबार औपचारिक जानकारी दिएको हो ।
३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् । बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९.९२ रहेको छ ।
दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।
FACEBOOK COMMENTS