काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको मुख्य कार्यालय अघि प्रदर्शन गरेका छन् ।
मंगलबार आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले प्रदर्शन गरेको हो ।
जेनजी मुभमेन्ट अलायन्सको प्रदर्शनपछि कार्यालयअघि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदर्शनमा उत्रिएका युवाहरूले नैतिकताका आधारमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
यसैबीच राईको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालयमा निवेदन दर्ता समेत गराएका छन् ।
FACEBOOK COMMENTS