रुकुम पुर्व । रुकुम पुर्वको भुमे गाउँपालिका –१ लुकुमको पञ्चासेमा अटो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
शनिबार साँझ भुमे– १ स्यावाल स्थित मध्ये पहाडी लोक मार्ग सडक खण्डमा लुकुमबाट ब्राहताल तर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भइ सडकदेखि तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।
दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काक्री र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली खटिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भनिने सबिता घर्तीको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
घाइते हुनेमा लुकुमकै वर्ष २६ कि प्रतीक्षा बुढा र उहाको ११ महिनाको छोरा सुभम बुढा, वर्ष २५ कि ब्युटी पुन र उनकी २३ महिनाकी छोरी समृद्धि पुन, लुकुमकै वर्ष ३ का सक्षम घर्ती रहेका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अटो चालक भुमे–१ का अन्दाजी २९ वर्षका जोते घर्ति फरार रहेकोमा आज बिहान पक्राउ परेको प्रहरीले जनाएको छ ।

FACEBOOK COMMENTS